जनकपुरधाम, साउन ३: जनकपुरधामका मेयर मनोज कुमार साहले संघीयताको भावनाअनुसार विभिन्न निकायहरू गठन हुन थाल्नु राम्रो पक्ष भएको बताउनुभएको छ ।
६० औं इन्जियनिर दिवसको अवसरमा मधेश प्रदेश नेपाल इन्जिनियर्स एशोसिएशनले मंगलबार जनकपुरधाममा गरेको कार्यक्रममा संघीयताको भावना अनुसार अन्य निकास जस्तै मधेश प्रदेश इन्जिनियर्स एशोसिएशन स्थापना भएको खुशी व्यक्त गर्नुभयो । उहाँले एशोसिएशनको भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन आफूले प्रयास गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा जलश्रोविद् डा. कृष्णचन्द्र साहले केही गलत प्रवृत्तिका इन्जिनियरहरूका कारण | सबै इन्जिनियर बदनाम हुनु परिरहेको बताउनुभयो । उहाँले गलत प्रवृत्तिविरुद्ध इन्जिनियरहरू एकजुट हुनुपर्ने बताउनुभयो । बा प्रदेशका अध्यक्ष गौरी पण्डितले यस प्रदेशका इन्जियरहरूले भोग्दै आएका समस्याबारे उपमहानगरपालिकालाई अवगत गराउनुभएको थियो ।
एहिसँ पहिने एशोसिएसन ६० म् इन्जिनियर दिवसक अवसरमे सोमदिन जनकपुरधाममे रक्तदान कार्यक्रम कएने छल ।