एसपी रिपोर्टर
जनकपुरधाम, असार २९ : नेपाली कांग्रेस धनुषाका नेताहरु नेकपा एमालेमा प्रवेश गरेको छ । निर्माण व्यवसायी महासंघको मधेश प्रदेश अध्यक्ष समेत रहेका मुन्ना भनिने चौधरी एमालेमा प्रवेश गरेका छन उनका साथै नेपाली कांग्रेस मुखियापट्टी मुसरनिया गाँउपालिकाका सभापती बिश्वनाथ यादव समेत एमालेमा प्रवेश गरेका हुन ।
एमाले पोलिटब्युरो सदस्य, पुर्व मन्त्री नेतृ जुली महतोको सक्रियतामा उनीहरु एमाले प्रवेश गरेका हुन । एमालेका अध्यक्ष केपि शर्मा ओलीले उनीहरुलाई खादा ओढाएर पार्टीमा स्वागत गरेका छन् । सो अवसरमा एमाले जनकपुरधाम नगर कमिटि अध्यक्ष सुरेन्द्र भण्डारी, युवा नेता अनिल चौधरी सहितको उपस्थिती थियो ।