एसपी रिपोर्टर
काठमाण्डौं, जेठ २४ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ७ ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ । लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न माग गरेको हो ।
११ बुँदे ज्ञापनपत्रमा संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्न माग गरेको छ । सो अवसरमा पार्टीका वरिष्ठ नेताद्वय राजेन्द्र महतो, सरतसिंह भण्डारी सहितको उपस्थिती थियो ।






