एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तिब्र धर्म परिवर्तण हुने देशहरुमा नेपाल पहिलो हुनुले समेत नेपालको अस्तीत्व संकटमा रहेको प्रष्ट भएको बताएका छन् । प्रदेश व्यापीरुपमा पार्टीले सञ्चालन गरिरहेको जनता माझमा राप्रपा नेपाल अभियानको क्रममा मधेशको राजधानी जनकपुरधाम आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपाल अध्यक्ष थापाले आधुनिकता विरोधी आरोपको डरले नागरिक समाजका अगुवा र बुद्विजिवीहरु समेत बोल्न छाडेकाले नेपालको धर्म र संस्कृतीमाथी प्रहार भइरहेको बताएका छन् ।
जातिय पहिचानको लागि राजनितिक दलहरु लडन तयार रहेपनि धार्मिक सांस्कृतीक उपरको हस्तक्षेप रोक्न कुनै चासो नदेखाएको उनको आरोप छ । अर्थतन्त्रको दयनिय अवस्था सहितको विभिन्न तथ्याङ्कहरु प्रस्तुत गरेरै कार्यक्रममा उपस्थित थापाले आर्थिक परिवर्तण विना राजनिति परिवर्तण सार्थक हुन नसक्ने ठोकुवा गरेका छन् ।
उनले शिक्षा, व्यापार, स्वास्थ्य सवै क्षेत्रमा राजनिति हावी भएपनि आर्थिक हावी हुन नसकेको अर्थात आर्थिक उन्नती र प्रगती हुन नसकेको बताए । उनले नेपालका नेता आर्थिक मुद्दा उठाउन नसकेको आरोप लगाए । उनले राजतन्त्र र राजाको मुद्दा छाडेर आए राप्रपा संग अहिले पनि मिल्न तयार रहेको बताएका छन् ।