एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १८ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले शान्ति प्रक्रियाको काम समाधानका लागि सरकार तयार रहेका भएपनि चुनौतीपुर्ण काम भएकाले ढिलाई भइरहेको बताएका छन् ।
बुधबार जनकपुरधाममा एक कार्यक्रममा बोल्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री शर्माले नसकिने कुराको पछि लाग्नु व्यर्थ रहेको बताउदै सकिने कुरा यदि हो भने शस्त्रद्वन्द्वका बेला भएको अपराधिक घटना सहितको शान्ति सम्झौतासंग जोडिएका दशकौ पुरानो समस्या समाधानका लागि सबै लचक हुनुपर्ने बताएका छन् ।
राष्ट्रपतीको सम्बोधन, अदालतको फैसला, कानुन र ऐन तथा बजेट विनियोजन हेर्दा समस्या समाधानका लागि सरकार तयार रहेपनि द्वन्द्वपिडित र सम्बन्धित निकाय पो यस्को पक्षमा छ कि छैन भन्ने प्रश्न गरेका छन् ।
एक अर्को प्रसंगमा उनले संसदबाट नागरिकता विधेयक तत्कालै पारित हुने बताएका छन् ।
नेपाली बुवा आमाबाट जन्मेका र अंगिकृत नागरिकहरुका सन्तानलाई नागरिकता मिल्ने बताएका हुन् । उनले नागरिकता विधेयक परम्परादेखि नागरिकता प्राप्त गर्दै आएका देखि नै कुनै पनि किसिमको कटौती नहुने गरि नागरिकता विधेयक पारित हुने स्पष्ट पारे ।