एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १४ : जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ७ को वडा अध्यक्षमा निर्वाचित निरज कुमार साह चुनाव अगाडि नै जितिसकेको पात्र हुन । वडामा उनी निश्चित चुनाव जित्ने व्यापक चर्चा थियो जव उनको कांग्रेसबाट टिकट पाउने निश्चित भयो । शान्त, अनुशासित, शालिन र सम्य स्वभावका निरज वडामा नेतृत्व गर्नकै लागि जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचनमा कुनै पदमा जान चाहेनन ।
वडावासीकै आग्रहमा उनी वडा अध्यक्षमा चुनाव लडेर आएको बताउछन् । नेपाली कांग्रेस वडा नं. ७ का सभापती श्याम प्रसाद साहले वडामा निरज प्रतिको क्रेजकै कारण आफु पछि हटेर उनलाई चुनावमा ल्याएको बताइन्छ । शुक्रवार निरजले पदभार ग्रहण गरेका छन् । वृक्षारोपण र वृक्षमा जल अर्पण गर्दै निरज वडाको विकासका लागि स्वयम हमेशा तत्पर रहने प्रतिवद्वता व्यक्त गरेका छन् ।