एसपी रिपोर्टर
धनुषा, बैशाख १६ : धनुषामा माओवादी छोडेर दर्जनौ एमालेमा प्रवेश गरेका छन् । एमाले मधेश प्रदेशका सचेतक प्रदेश सांसद किशोरी साह कमलको अगुवाईमा गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ गोदारवासी माओवादी जिल्ला कमिटिका वरिष्ठ नेता देवी प्रसाद रायको नेतृत्वमा दर्जनौ जना एमाले प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा माओवादीका वडा कमिटि सदस्य श्री किसुन साह सहित नगरकमिटि सदस्यहरु सहितको रहेका छन् । कार्यक्रममा पुर्व पोलिटब्युरो सदस्य श्रीलाल महासेठ सहितका नेताहरुको उपस्थिती रहेको थियो । प्रदेश सांसद कमल धनुषाको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधीसभा सदस्यमा चर्चामा रहेका छन् ।