एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २१ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेको टोल कमिटि गठन भएको छ । वडाको फिल्डटोलमा एमाले जनकपुरधाम उपमहानगर कमिटिका अध्यक्ष युवा नेता सुरेन्द्र भण्डारी र वडा अध्यक्ष शुभनारायण मण्डलको विशेष उपस्थितीमा कमिटि गठन गरिएको छ ।
वडा कमिटि अध्यक्ष अजिज राइनको अध्यक्षतामा भएको वडाको युवा भेलाले २१ सदस्यीय टोल कमिटि गठन गरिएको छ । कार्यक्रममा उपस्थित नगर अध्यक्ष भण्डारी र वडा अध्यक्ष मण्डलले नेकपा एमाले एक रहेको बताउदै अगामि निर्वाचनमा कम्मर कसेर पार्टी र सुर्य छाप जिताउन लाग्नु पर्ने बताएका छन् ।
कार्यक्रममा नेताहरु श्याम पुर्वे, उपेन्द्र कुमार पाण्डे, भारती सिंह सहितको उपस्थिती थियो ।