एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १४ : जनकपुरधाम उपमहानगरपालिकाका वडा नंंं. ६ को वडा अध्यक्षमा कांग्रेसबाट दिनेश प्रसाद साहले चुनाव लडने तयारी थालेका छन् । २०३६ साल देखि नेपाली कांग्रेसमा क्रियाशिल साह २०५२ साल देखि निरन्तर जनकपुरधाम वडा नं. ६ को सभापती हुदै आएका छन् ।
व्यापार व्यवसायमा सक्रिय साह कहिल्यै कुनै पदका लागि नेतृत्व सामु करचाप गरेनन । तर उनी भन्छन् ‘यसपालि वडावासीको सेवा र हुन नसकेका कामको लागि निर्वाचनमा लडने तयारी थालेको छु ।’ कांग्रेस सभ्य, अनुशासित र गरिखानेहरुका लागि सुरक्षित पार्टी रहेको उनको तर्क छ । कांग्रेस लडाई, झगडा द्वन्द्व गर्ने पार्टी होइन उनले भने, ‘नेपाली कांग्रेसको सवल नेतृत्वले नै जनकपुरधामको सार्थक विकास हुन्छ ।’
आफु वडामा जिते वडालाई नमुना वडाको रुपमा अगाडि बढाउने उनले बताए । यो २०४६ सालको आन्दोलन र २०४२ सालको सत्याग्रहमा समेत सक्रिय उनी अव भने वडाको नेतृत्व गर्ने चाहना भएको बताउछन् । श्री राम युवा कमिटिका सदस्य उनी तरुण दल वडा समितिको समेत सभापती भइसकेका छन् । २०४६ सालमा कांग्रेसका संस्थापक नेता महेन्द्र नारायण निधी जुनाव लडदा आफु खटाई र थाकाईले विरामी पर्दा पार्टीले नै दरभंगा एम्वुलेन्समा उपचारका लागि पठाएको उनले सम्झे ।