एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १४ : लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनकपुरधाममा धमाधम वडा इकाई समिति गठन गरिरहेको छ । त्यसै क्रममा वडा नम्बर ११ को इकाई समिति समेत गठन गरेको छ । जनकपुरधाममा वडा नम्बर ११ स्तरीय कार्यकर्ता भेलाले सन्तोष कुमार साहको नेतृत्वमा १५ सदस्यीय वडा नम्बर ११ इकाई समिति चयन गरेको हो ।
प्रदेश सांसद् परमेश्वर साह, जनकपुरधामकी उपमेयर रिताकुमारी मिश्र, नेता मनोज चौधरी लगायत सहभागी भेलाले चयन गरेको समितिको उपाध्यक्षमा नगिनादेवी साह, सचिवमा नरेशकुमार साह, प्रचार सचिवमा रञ्जितकुमार, कोषाध्यक्षमा विजयशंकर साह, सदस्यहरूमा नन्दलाल साह, मञ्जुदेवी साह, सोभा मण्डल, रामसागरदेवी साहलगायतकाहरू रहेका छन् ।
त्यस्तै, सल्लाहकारमा रामचन्द्र साह, कालीचरण प्रधान, सुरज साह र सुनिल साह रहेका छन् ।





