एसपी रिपोर्टर
जनकपुरधाम, चैत १२ : लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको हँसपुर नगर कार्यालय सञ्चालनमा आएको छ । मेयर तथा पार्टीका युवा नेता रामज्ञान मण्डल तथा वरिष्ठ नेता तथा समाजिक अगुवा रुप नारायण मण्डलले संयुक्त रुपमा कार्यालयको समुदघाटन गरेका छन् ।
कार्यक्रममा मेयर मण्डलले विगतका चुनाव जस्तै साइकल छापलाई जनताको माया र स्नेह प्राप्त हुने र मधेश प्रदेशमै अगामि निर्वाचनमा पनि साइकलले नै जित्ने बताए । कार्यक्रममा नगर संयोजक लालबाबु, नेताहरु प्रमोद मण्डल, उदय साह, रामसेवक मण्डल, नरेश मण्डल सहितको उपस्थिती थियो ।