एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० : लोसपाको युवा संगठन लोकतान्त्रिक समाजवादी युवा संघ नेपाल धनुषाको कार्यसमिति विस्तार गरिएको छ । संघका धनुषा अध्यक्ष प्रशान्त झाले जारी गरेको विज्ञप्तीमा संघको धनुषा समितिको उपाध्यक्षमा निशान्त कुमार यादव, सचिवमा रोशन साह, सहसचिवमा राजा मण्डल राजु चयन भएका छन् ।
उनीहरुका साथै समावेशी र समानुपातिक प्रणाली अनुसार थप २४ जना सदस्यहरु समेत चयन सहितको व्यहोरा विज्ञप्तीमा उल्लेख छ ।