एसपी रिपोर्टर
महोतरी, फागुन १० : महोतरी क्षेत्र नं. ३ मा नेपाली काग्रेसका नेता रामचन्द्र तिवारी पक्ष पाचौ पटक क्षेत्रिय सभापतिमा विजयी भएका छन् । पार्टीमा आपनो दबदवा कायम राख्दै तिवारीले क्षेत्रिय सभापतिमा आफु निकटका राघवेन्द्र झालाई तेश्रो पटक सभापतिमा निर्वाचित गराउन सफल भएका हुन् ।
मतदानमा खसेको कुल ५ सय ३४ मतमा तिवारीले सर्वाधिक ३३७ मत प्राप्त गरेका छन । तिवारी समुहका झा काग्रेसको महोतरी क्षेत्र नं. ३ को सभापतिमा निर्वाचित भएका हुन् । यस अघिको विवादका कारण निर्वाचण परिणाम रद्ध भएको महोतरीमा आइतबार भएको अधिवेशनबाट लवराज सिंहलाई पराजित गर्दै राघवेन्द्र झा निर्वाचित भएको हो ।
निर्वाचित झाले ३०९ मत प्राप्त गरे भने पराजित सिंहले २१६ मत प्राप्त गरे । कार्य समितिको सचिव पदमा रुद्र किशोर कुमार र दिलीप कुमार चौधरी निर्वाचित भएका छन् । सह सचिवमा भरत प्रसाद पाण्डे र विनय कुमार मण्डल निर्वाचित भएका छन् । महिला सदस्यमा जयमुखी देवी, पुनम देवी ठाकुर सदस्यहरुमा शत्रुधन शर्मा, रामबाबु यादव, सुरेश प्रसाद यादव, दिलिप कुमार साह निर्वाचित भएका छन् । खुल्ला महिला सदस्यमा अनिता कुमारी, सदस्य प्रत्यक्षमा हेमन्त प्रसाद सिह, जयचन्द्र झा, श्रीनरायण ठाकुर, प्रेम ठाकुर, ललन चौधरी, सरिफ नदाफ, वकिल अहमद, चन्दर महरा, हिरा देवी मण्डल लगायतका निर्वाचित भएका छन् ।
केन्द्रिय महाधिवेन प्रतिनिधिमा रामचन्द्र तिवारी, नागेन्द्र प्रसाद मिश्र, इश्वर नरायण पण्डेय, डा.गरिब दास ठाकुर, पवन साह, विजय कुमार यादव, रामकिशोर यादव, महेन्द्र ठाकुर, मदन चौधरी, बजरंग नेपाली निर्वाचित भएका छन् । केन्द्रिय महाधिवेन प्रतिनिधि महिला तर्फ अनिता देवी र्मा, रश्मी ठाकुर, जानकी देवी र शकुन्तला देवी लगायतका निर्वाचित भएका छन ।