एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १ : लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालको मधेश प्रदेश कार्यालय जनकपुरधाममा सञ्चालनमा आएको छ । मधेशको राजधानी जनकपुरधाममा आइतवार पार्टी अध्यक्ष महन्त ठाकुरले प्रादेशिक कार्यालयको समुदघाटन गरेका छन् ।
समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ठाकुरले मधेशको मुद्दा स्थापित गर्न निरन्तर सक्रिय रहनु पर्ने र अझै आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए । वरिष्ठ नेता सरत सिंह भण्डारीले प्रादेशिक कार्यालय समुदघाटन पछि पार्टीको काम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा पार्टी मधेशका अध्यक्ष जितेन्द्र सोनल, धनुषा अध्यक्ष तथा प्रदेश सांसद परमेश्वर साह, सांसदहरु अभिराम शर्मा, प्रदेश सचिव रामबिनोद चौधरी, पुर्व सांसद दिनेश साह, संघीय सांसद उमाशंकर अरगरिया, संसदीय दलको उपनेता रानी तिवारी लगायतका नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो ।