एसपी रिपोर्टर
जनकपुरधाम, माघ २४ : मधेशको संसदिय समितिमा समेत गठबन्धनकै आधरमा सभापती चयन हुन लागेको छ । खाली रहेको तिनवटा समितिको सभापतीमा पाँचजनाले मनोनयन दर्ता गराएका छन् । प्राकृतीक श्रोत तथा वातावरण समितिको सभापतीमा गठबन्धनको तर्फबाट माओवादीका सांसद जगत प्रसाद यादवको एकल उम्मेदवारी परेको छ ।
त्यसैगरि मुख्य प्रतिपक्षीले पाउनु पर्ने सार्वजानिक लेखा समितिको सभापतीमा समेत सत्ता गठबन्धको तर्फबाट कांग्रेसका सांसद नरेश कुमार यादवले मनोनयन दर्ता गराएपछि सोहि पदमा प्रमुख प्रतिपक्षी लोसपाका सांसद प्रल्हाद गिरीले समेत मनोनयन दर्ता गराएका छन् । त्यसैगरि कृषि तथा भुमि व्यवस्थापन समितिको सभापतीमा गठबन्धनको तर्फबाट मदन सेन प्रसाद श्रीवास्तवले मनोनयन गराएका छन भने विपक्षीको तर्फबाट एमालेकी जगतारैन देवी सुडीले आफनो उम्मेदवारी मनोनयन गराएका छन् ।
एता सार्वजानिक लेखा समितिको सभापती प्रमुख प्रतिपक्षी दलले पाउनु पर्ने विश्व मान्यतालाई लत्याउदै सत्तागठबन्धनले आफुले गरेका भ्रष्टाचार ढाकछोप गर्न लेखा समिति छोडन नचाहेको विपक्षी दलहरुले आरोप लगाएका छन । एता सत्तागठबन्धन घटक दलले भने प्रमुख प्रतिपक्षी लोसपालाई लेखा समिति दिन आफुहरु तयार रहेको भएपनि लोसपाको भागमा हाल रहेको महिला बालबालिका समिति समेत छोडन नमानेपछि कुरा नमिलेको बताएका छन् ।
लेखा समिति र महिला बालबालिका समिति समेत दुवै लोसपाले नै राख्ने दाउमा देखिएपछि मनोनयन दर्ता गराएको उनीहरुको आरोप छ । तिनैवटा समितिको भोली बस्ने बैठकहरुले नियमानुसार सभापतीको टुङ्गो लगाउने छ । सार्वजानिक लेखा समिति सुरु देखिनै रिक्त रहेको थियो भने कृषि र प्राकृतिक श्रोत तथा वातावरणका समितिका सभापतीहरु क्रमश मन्त्रीमा नियुक्त र दल फेरिएपछि सांसद पद रिक्त भएपछि खाली रहेको छ ।