एसपी रिपोर्टर
जनकपुरधाम, माघ १२ :
मधेश प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा सत्ताधारी पाँच दलिय गठबन्धन क्लीन स्वीप गरेको छ । गठबन्धनका दुवैजना उम्मेदवारहरु क्रमश मोहम्द खालिद र उर्मिला अर्याल विजयी भएका छन् । मो. खालिद ६६ सय ७८ मतका साथ विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उसमान अन्सारी २७ सय ६६ मत पाएका छन् । महिला तर्फ सत्तागठबन्धनकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ मधेश प्रदेशमा सत्तागठबन्धनको उर्मिला अर्याल उम्मेदवार विजयी भएकी छिन ।

अर्यालले २२७ मत सहित ६१५६ मतभार ल्याएर विजयी भएकी छिन् । उनले प्रदेश सभा सदस्यतर्फ ६९ र स्थानीय तह तर्फ १५८ मत ल्याएकी थिइन । उनका निकटतम प्रतिद्वन्दी रूपा यादवले १०८ मत सहित २७५४ मत ल्याएकी थिइन । त्यस्तै उम्मेदवारी स्थगित गरि लोसपाकी रुपा यादवलाई समर्थन गरेकी अर्का उम्मेद्वार एमालेकी बीना साहले पनि ९ मत ल्याएकी छन् ।

विजयी उम्मेद्वार अर्याल गठबन्धनको माओवादी केन्द्रबाट उम्मेद्वार थिइन भने यादव लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेद्वार थिइन । कुल ३६६ खसेको मत मध्ये ३ प्रदेश सभा सदस्यतर्फ ३ र स्थानीय तर्फ १६ गरि १९ मत बदर भएको थियो ।

विहान ९ देखि ३ बजे सम्म भएको मतदानमा कुल १ सय ४ सांसद मध्ये १ सय २ र कुल २ सय ६८ पालिका प्रमुख र उपप्रमुख मध्ये २ सय ६४ जनाले मतदान गरेका छन् । कुल ३ सय ७२ मतदाता मध्ये ३ सय ६६ ले मतदान गरेको मधेश प्रदेश निर्वाचन अयोगकी प्रमुख पुष्पा यादवले जानकारी गराएकी छन् । छ जना मतदाता अनुपस्थित रहेका छन् । राष्ट्रियसभा निर्वाचन मधेश प्रदेशका निर्वाचन अधिकृत न्यायधिश ब्रजेश प्याकुरेलका अनुसार केहि बेरमा मतगणना सुरु हुने र आजै अवेर साँझ सम्म मतपरिणाम आउने छ ।

राष्ट्रियसभामा खाली भएको १९ सदस्य मध्ये मधेश प्रदेशमा खाली भएको दुई सदस्य अन्य र महिला तर्फका लागि विहान ९ बजे देखि दिउँसो तिन बजे सम्ममा निर्वाचन सम्पन्न भएको हो ।