एसपी रिपोर्टर
जनकपुरधाम, माघ १२ : मधेश प्रदेशमा पनि राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ । मधेश प्रदेशमा कुल १ सय ४ सांसद मध्ये १ सय २ र कुल २ सय ६८ पालिका प्रमुख र उपप्रमुख मध्ये २ सय ६४ जनाले मतदान गरेका छन् । कुल ३ सय ७२ मतदाता मध्ये ३ सय ६६ ले मतदान गरेको मधेश प्रदेश निर्वाचन अयोगकी प्रमुख पुष्पा यादवले जानकारी गराएकी छन् । राष्ट्रियसभा निर्वाचन मधेश प्रदेशका निर्वाचन अधिकृत न्यायधिश ब्रजेश प्याकुरेलका अनुसार केहि बेरमा मतगणना सुरु हुने र आजै साँझ सम्म मतपरिणाम आउने छ ।
राष्ट्रियसभामा खाली भएको १९ सदस्य मध्ये मधेश प्रदेशमा खाली भएको दुई सदस्य अन्य र महिला तर्फका लागि निर्वाचन सम्पन्न भएको हो । पाँचदलिय गठबन्धनले सो दुई पदका लागि क्रमश मो. खालिद र अर्मिला अर्याल उम्मेदवार छन भने एमाले लोसपाको गठबन्धनबाट एमालेका उसमान अन्सारी र लोसपाकी रुपा यादव उम्मेदवार छन् ।
मधेशको राजधानी जनकपुरधाममा राष्ट्रियसभाको निर्वाचन भइरहँदा डा. सिके राउत नेतृत्वको जनमत पाटीले भने भय र त्रासको वातावरण सृजना गरिदिएका थिए । मतदान केन्द्र महेन्द्र नारायण स्मृती भवनको चारै तर्फको चौकहरु भैरव चौक, मुरलीचौक, मालपोत कार्यालय, कदमचौक, रामचौक, जनकचौक र जानकी चौक सहितका चौकहरुमा लाठी चिर्पट सहित रहेका जनमतका कार्यक्रताहरु छ वटा सरकारी नम्वर प्लेटका गाडी सहित कुल ८ वटा गाडीहरुमा पुर्ण रुपमा क्षती पुरयाएका छन् ।
सरकारी सेता नम्वर प्लेकटको गाडी देख्ने वितिकै जाइ लागेका जनमतका कार्यक्रताहरु सुरुमा मतदान केन्द्र तर्फ पनि अगाडी बढन चाहँदा प्रहरीले रोकेका थिए । त्यसपछि जनकपुरधामको चौक चौकमा जम्मा भएका प्रदर्शनकारीहरु प्रदेश सांसद, पालिका प्रमुख उपप्रमुख सहित सरकारी नम्वर प्लेटका गाडीहरुमा धमाधम तोडफोडमा उत्रेका थिए । सो क्रममा उनीहरुले जसपाका प्रदेश सांसद तथा विकास समितिका सभापती अशोक यादव र अर्का सांसद मनिष सुमन चढेको गाडीमा तोडफोड गरेका थिए । सांसद यादवको हातमा चोट लागेको र उनको उपचार भइरहेको छ ।
सर्लाही हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाई र उपप्रमुख रेणुका पौडेल चढेको सरकारी नम्वर प्लेटको गाडीमा समेत तोडफोड भएको गरिएको छ भने उनीहरु समान्य घाइते भएका छन् । जनकपुरधामको पिडारीचौकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेंडेंट डा. सतिश कुमार साह चढेको गाडी माथी समेत उनीहरुले आक्रमण गर्र्दा डा. साहको देब्रे गालामा मुखको भित्र पट्टी बाट ८ वटा टाँका लागेको छ भने गाडीमा क्षती भएको छ । एक कार्यक्रममा बर्दिबास जादै गर्दा उनी प्रदर्शनकारीको चपेटामा परेका हुन । साथै जनमतले गणेशमान चारनाथकी उप्रमुख चेढेकी गाडी, चन्द्रनिगाहपुर स्थित सडक डिभिजनको गाडी सहित सरकारी र निजी गरि कुल ८ वटा गाडीमा तोडफोड भएको धनुषा प्रहरीले जनाएको छ ।
विहानै देखि जनमतका नेता कार्यक्रताहरुले गरेको प्रदर्शन र भएको झडप पछि जनकपुरधाममा मतदान गर्न आउने मतदाताहरु त्रसित भएका थिए । मुख्यमन्त्री, मन्त्री, सांंसद सहितका मतदाताहरुलाई प्रहरीले आलैपालो स्कटिङ्ग गरेर मतदान केन्द्र पुरयाउने र छोडने काम गरेको देखियो । त्यसपछि मधेश सरकारको मुख्यालय केन्द्रित प्रदर्शन गरेको जनमतले पछि मुख्यमन्त्री कार्यालयमा किसान आन्दोलनको ज्ञापन पत्र बुझाएपछि शान्त बनेका थिए ।
जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले आफुले मुख्यमन्त्रीसंग ज्ञापन पत्र बुझिलिन पटक पटक आग्रह गरेपनि बुझन नचाहेपछि मतदान केन्द्रमा रहेको मुख्यमन्त्रीलाई त्यही ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रहरीले बल प्रयोग गरेको बताउदै आफनो छ जना कार्यक्रता घाइते भएको जनाएको छ । बुधवारको जनकपुरधाम केन्द्रित आन्दोलनको अगुवाई गरेका जनमत पार्टीका केन्द्रिय उपाध्यक्ष ई. वसन्त कुशवाहा, जनमत पत्रकार संघका केन्द्रिय अध्यक्ष विपी साह सहितकाले मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन ।