एसपी रिपोर्टर
जनकपुरधाम, चैत :
२१ कोरोना भाइरस कोभिड नियन्त्रणका लागि प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुरधाम शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याएको छ । प्रदेशमा कोरोनावाट भइरहेको अभाव, हाहाकार, अतिआवयश्क बस्तु तथा उपकरणहरुको व्यवस्थापन, गरिव विपन्न र अभावभएकाहरुकाहरुको सहयोगका सहित समग्र प्रदेशको हित र कोरोनावाट बचावका लागि कुनै पनि व्यक्ति वा संघ संस्थाले सहयोग गर्न चाहे बैंकको निम्न बमोजिमको खाता नं. मा सहयोग गर्न प्रदेश सरकारले अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ (1220503000001) रहेको र यस्मा सहयोग गर्न सक्ने प्रदेश सरकारको अपिल छ ।