एसपी रिपोर्टर
जनकपुरधाम, पुष ११ : नेपाली कांग्रेस प्रदेश २ मा आठ मध्ये सवै पदाधिकारीमा संस्थापन अर्थात देउवा समुह कब्जा गर्दा केन्द्रिय सदस्यमा भने निधी–कोइराला समुहका एकआध सदस्य अस्तित्व जोगाउन प्रतिस्पर्धामा रहेको देखिन्छ ।
१४ सिटको खुल्ला तर्फ ५० उम्मेदवार मध्ये केन्द्रिय सदस्यमा खसेको १८ सय ८१ मत मध्ये १ हजार १ सय ५० सम्म गणना हुँदा नरेश यादव ५ सय ५७ मत सहित सबै अग्र स्थानमा छन भने प्रेम शंकर सिंह ५ सय २९ मतका साथ दोस्रो र मो. अख्तर अली ५ सय १२ मतका साथ तेस्रो स्थानमा छन् । त्यसैगरि चौथौ देखि १४ औं स्थान सम्म प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरुलाई उनले प्राप्त गरेको मतका साथ तल क्रमागत रुपमा प्रस्तुत गरेका छौं ।
सुर्य बहादुर थापा ५०५
राजकिशोर यादव ४९१
रामबाबु साह ४८७
लक्ष्मण प्रसाद ठाकुर ४८६
राजेश गिरी राजु ४५९
बासुलाल महतो ४५४
सुरेश लाल कर्ण ४४८
सुरेश ठाकुर हजाम ४३९
जिवनाथ चौधरी ४३८
सुरेन्द्र कुमार न्यौपाने ४२०
हरिनारायण साह तेली ४१८
निर्वाचन समितिले भने मतपरिणाम विवरण आधिकारिक घोषणा गर्न वाँकी छ ।