एसपी रिपोर्टर
जनकपुरधाम, पुष १० : महामन्त्रीमा १३ मतान्तरले पराजित भएको भनिएका नरेश यादव भने मतपरिणाम प्रती आपती जनाउदै आफुले प्रमाणपत्र पाउनुपर्ने मांग पुनः गरेका छन् । शनिवार जनकपुरधामको पिडरीया माईथान स्थि नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि यादवले आफुलाई निर्वाचन समितिले नै महामन्त्रीमा विजयी भएको घोषणा गरेको तर प्रमाण पत्र नदिएकाले ध्यानाकर्षण गराउन चाहेको बताए ।
उनले आफु निर्वाचन समितिसंग बुझदा अहिले कसैलाई पनि प्रमाण पत्र नदिएको जानकारी गराएकाले आफु शान्त बसेको समेत बताए । उनले आफुलाई विजयी घोषणा गरेकाले अव पुनः मतगणनाको कुरै नरहेकाले प्रमाणपत्र मात्र पाउनु पर्ने बताए । पत्रकार सम्मेलनमा उपस्थित कोइराला समुहका सभापतीका प्रत्यासी राम सरोज यादवले उपसभापती संगै महामन्त्रीको अन्तिम मतपरिणामको घोषणा समेत गरेकोमा महामन्त्रीमा नरेश यादव विजयी भएको घोषणा गरिएको भिडियो नै सुरक्षित रहेकाले प्रमाण पत्र दिनुपर्ने बताए । उनले आफुले यस विषयमा प्रहरी प्रशासनसंग कुराकानी समेत गरेको र भिडियो देखाएको बताए ।
नरेश यादवलाई महामन्त्रीमा पहिला विजयी भनेर घोषणा गरिएको तर पछि उनको स्थानमा बृहस्पति कृष्ण श्रेष्ठ निर्वाचित भएको घोषणा गरिएको भन्दै उनले निर्वाचन समितिमा उजुरी दिएका छन् । अन्तिम मतपरिणाम अनुसार विजयी भनिएका श्रेष्ठको मत ७८८ छ भने यादवको मत ७७५ रहेको छ । सुरुमा नरेशका समर्थकहरुले विरोध जनाएको र पछि निर्वाचन समितिमा तत्कालै उजुरी दिएका थिए ।