एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० : कोरोनाको प्रभावका कारण आज चैती दशै तथा रामनवमीका दिन पनि जनकपुरधामका धार्मिक स्थल, मठ मन्दिरहरु सुनसान देखियो । दुरी बनाउदैै साँझ फाटफु केहि दर्शनार्थीहरु देखिए पनि दिनभर यहाँका मठ मन्दिर र धार्मिक धरोहर तथा आस्थाका केन्द्रहरु सुनसान नै देखिएको छ । आजको दिन धुमधाम र भिडभाड तथा हर्षोल्लास हुने जनकपुरधाम स्थित मुख्य मन्दिरहरु श्री जानकी मन्दिर, श्री राम मन्दिर, श्री राजदेवी मन्दिर, श्री बौद्धीदेवी मन्दिर लगायतमा समेत यस वर्ष पृथक दृश्य देखिएको छ । अधिकांश मन्दिरहरुको मुख्य प्रवेशद्वार बन्द रहेपनि प्रहरीको डरले साँझ फाटफुट रुपमा नजिकका स्थानियवासीहरु मन्दिर वाहिर वाटै देवी देवतालाई ढोग्दै फर्किने गरेका थिए । तस्वीर र भिडियोमा समेत प्रस्तुत छ, विहिवार देखिएको जनकपुरधामका यि केहि मन्दिरहरुको दृश्य ।









