एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २८ : नेपाली कांग्रेस धनुषाको वडा अधिवेशन धमाधम भइरहेको छ । पार्टीको १४ औं महाधिवेशन मसिंरमै हुने भएपछि धनुषामा वाँकी रहेको वडा, पालिका र जिल्ला तहको अधिवेशन धमाधम हुने क्रममा आइतवार वडा अधिवेशन भइरहेको छ ।
यसै क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ को वडा सभापतीमा व्यवसायी श्याम प्रसाद साह सर्वसम्मत चयन भएको निर्वाचन समितिका प्रतिनिधी अशेश्वर यादवले बताए । धनवती इन्टरप्राइजेज सहितका विभिन्न व्यवसायी, शान्त र गम्भिर स्वभावका साह वडा सभापतीमा सर्वसम्मत चयन भएको क्रियाशिल सदस्यहरुले बताएका छन् । निर्वाचित सभापती, उपसभापती र सचिव सहितकालाई आजै प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।