एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १७ : १४ औं महाधिवेशनमा हामिएको नेपाली कांग्रेसको देशको ७७ मध्ये ५७ वडा स्तरीय अधिवेशन भइरहेको छ, तर कांग्रेसको आधारभुमि धनुषा र जनकपुरधाम सुनसान छ । कांग्रेस सभापतिका उम्मेदवार विमलेन्द्र निधीको निर्वाचन क्षेत्र जनकपुरधामको क्रियाशिल सदस्यता विवाद निश्कर्ष लाग्न नसकेकाले जनकपुरधाम सहित धनुषामै कांग्रेसलाई महाधिवेशन लाग्न सकेको छैन ।
एक समय धनुषा जिल्ला कांग्रेसको भो ब्याङ्क मानिन्थ्यो । कांग्रेसका नगरसभापती र पुनः नगरसभापतीका दाबेदार मनोज कुमार साहको अनुसार क्रियाशिल स्दस्यताको बिबरण प्राप्त हुने वितिकै वाँकी २० जिल्लाहरु संगै धनुषामा पनि वडा र पालिका अधिवेशन हुनेछ । साहले आफु पुनः नगरसभापती हुने दाबी गरेका छन् ।
कांग्रेसको जनकपुरधाम उपमहानगर सभापतीमा मनोज साह, परमेश्वर साह, रबिन्द्र सिंह, सन्जिव साह ‘टिका’, राकेश विक्रम साह सहितको दावी छ ।
धनुषा ३ को क्षेत्रीय सभापती अन्यौलमा
एता केन्द्रिय सभापतीमै उम्मेदवारी दिएका निधीको आफनै क्षेत्रको क्षेत्रीय सभापती अन्यौलमा परेको छ । क्षेत्रीय सभापतिमा निधीको विश्वास पात्रहरु कन्हैया कर्ण, श्याम निधी र दिनेश चन्द्रलाल ‘दिपक’ को दावी र तानातान रहेकाले तिन मध्ये एकजना छान्न निधीलाई चुनौती छ ।