एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १७ :
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बिहीबार जिल्ला निर्वाचन कार्यालय पुगेर वडाध्यक्ष साहले लोसपाको पक्षमा सनाखत गरेका हुन् । भदौ २२ गतेसम्म जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्ने लोसपाले जनाएको छ ।

यसअघि धनुषामा पूर्वराजपाका १ सय १२ जनप्रतिनिधिमध्ये ५४ जनाले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरिसकेका छन् । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह राजपाबाट जिते पनि अहिले जसपामा गइसकेका छन् । उपमेयर रीताकुमारी मिश्र भने लोसपातर्फ रहेकी छन् ।

त्यस्तै, महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले लोसपातर्फ सनाखत गरेका छन् ।