एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १ :
व्यापारीहरुको छाता संगठन जनकपुरधाम उद्योग बाणिज्य संघले उद्योगी व्यवसायीहरुलाई लक्षित गरि कोरोना विरुद्वको खोप अभियान सञ्चालन गरेको छ । संघको भवनमा मंगलवार र बुधवार गरि दुई दिनको लागि सञ्चालन गरिएको पहिलो चरणको खोप अभियानमा व्यवसायीहरुले खोप लगाइरहेका छन् ।

धनुषाको जनस्वास्थ्य कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको सहयोगमा जनकपुरधाम उधोग वणिज्य संघले आफनो पहलमा खोप कार्यक्रम सन्चालनमा ल्याएपछि व्यवासायीहरुलाई केहि राहत भएको छ । अतिरिक्त खोप नभएपनि संघको पदाधिकारीहरुको सक्रियता र मांगका कारण धनुषा जिल्लाबासीहरुको लागि भन्दै जोहो गरेर बाहिरबाट भए पनि ५ हजार डोज खोप उपलब्ध गराइएको बताइएको छ ।

प्रथम चरणमा व्यवसायीहरुको लागी २ हजार डोज भ्याक्सिन उपल्ब्ध गराईएको जनस्वास्थय कार्यालयका सुरेश यादवले बताए । विगत डेढ वर्षको कोरोना महामारीको समयमा नेपाल सहित विश्व भरिमै व्यापक मानविय क्षती भइरहेको छ । नेपालमा दैनिक अझै पनि औसत २५ देखि ३० जनाको ज्यान गइरहेको छ । संसारको सबै भन्दा विकसित देश अमेरीकामा धेरै मानिसको ज्यान गएको छ भने अमेरीकामा बसोबास गर्ने नेपाली नागरीकहरुको पनि ज्यान गएको छ ।

जनकपुरधाम सहित नेपालका व्यापारीहरुको समेत कोरोनाले गर्दा ज्यान गएको छ । व्यपारीहरु जनताको सेवामा रहनाले समेत संक्रमित हुने सम्भावना धेरै भएकाले व्यापरी सुरक्षित भए ग्राहक पनि सुरक्षित हुनेहुँदा अभियान चलाईएको हो । कोरोनाबाट सुरक्षित रहने एकमात्र उपाय खोप रहेकाले सवैलाई खोपका आवयश्कता छ ।

तसर्थ व्यवसायीहरुलाई समेत लक्षित गर्दै खोप अभियान चलाइएको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । कार्यक्रममा संघका अन्य पदाधिकारीहरु, सल्लाहकारहरु सहित खोप लगाउने व्यवसायीहरुको समेत उपस्थिती थियो ।