एसपी रिपोर्टर
जनकपुरधाम, साउन २२ : जसपाको महन्थ ठाकुर पक्षले सप्तरी, महोतरी र बारा सहितका जिल्लाहरुमा अगुवा कार्यक्रता भेलाको आयोजना गरि जनतामा जान नेता कार्यक्रताहरुलाई प्रशिक्षण दिइएको छ । कार्यक्रममा सम्मानजनक सहभागिता दखिएको छ ।
नेता महन्थ ठाकुरको नेतृत्वमा महोतरी, राजेन्द्र महतोको नेतृत्वमा सप्तरी र लक्ष्मण लाल कर्णको नेतृत्वमा बारामा भएको अगुवा कार्यक्रता भेलामा नेताहरु आफुहरु नियोजीत रुपमा आएको अदालतको फैसलाका कारण मात्र केहि त्रुटी देखिएपनि जनताले सवै कुराको मुल्याङ्कन गरिरहेकाले निराश नहुन आग्रह गरेका छन् ।
विगत देखि नै मधेशको मुद्दा र दल तथा नेताको व्यवहार जनताले शुक्षम रुपमा हेरिरहेकाले अझै पनि केहि नबिग्रेको आफुहरु कुनै गल्ती नगरेको उनीहरुको तर्क छ । सरकारमा भएको सहभागिता, मधेशको मुद्दा, पार्टीको मुद्दा सहितका विषयमा स्पष्ट गर्दै जनतालाई बुझाउनु पर्ने तर्कहरुका विषयमा समेत प्रशिक्षण दिइएको छ । ठाकुर पक्ष कमजोर हुने आंकलन भइरहेको बेला गरिएको कार्यक्रममा सप्तरीमा पनि राम्रो उपस्थिती देखिएको छ । गर्मी र कोरोनाका कारण समेत भिडभाड नभएकाले नेताहरुको हौसला बढेको बताइन्छ ।