एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ : जनकपुरधाम वडा नं. ४ निवासी उमेश साह जनकपुरधाममा अपरिचत नाम होइन । जनकपुरधामलाई राम्ररी बुझेका साह नयाँ शक्ति पार्टीबाट २०७४ सालको स्थानिय तहको निर्वाचनमा जनकपुरधामको मेयर प्रत्यासी बने तर असफल भए । नयाँ शक्ति पार्टीको बर्चश्व नरहेकाले उनी प्रभावकारी प्रतिस्पर्धामा उत्रन नसकेपनि उनले जनकपुरधामलाई राम्ररी चिनेको र बुझेको व्यक्ति हुन ।
डा. बाबुराम भट्टराईलाई असल, ईमान्दार र विकासशिल भन्दै उनलाई पछयाएका साह अगामि मसिंर ४ को निर्वाचनमा धनुषा ३ बाट प्रतिनिधीसभा उम्मेदवार बन्ने बताएका छन् । नेपाल टेलिभिजनको संवाददाता हुदै नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्ष सम्म भएका साह ईमान्दारितलाई पछयाउदै आएकाले एक्लिदै गएको बताउछन् ।
जनकपुरधामको चिपरिचत र समाजिक सक्रियता भएकै पारिवारका सदस्य साह पत्रकारिताका माध्यमले राजनितिक दल, दलका नेता र उनको जनकपुरधाम प्रतिको ईमान्दारितालाई पनि मज्जाले मापन गरेका व्यक्तित्व हुन । साहले परिवर्तण र ईमान्दारिताको मापनका लागि आफु उम्मेदवार बन्न लागेको बताउदै वाँकी जिम्मा जनता माथी निर्भर हुने बताए ।
युवा क्लव र समाजिक संस्थाहरुमा समेत अगुवाई गरिसकेका उनले राजनितिमा पुन: अर्को परिक्षा दिन लागेका हुन । डा. भट्टराईसंगै नयाँ शक्ति, संघिय समाजवादी हुदै जसपा सम्म आएका साह पछिल्लो समय डा. भट्टराईले पुन: नेसपा खोलेपछि भने मौन बसेका छन् ।
डा. भट्टराईले केहि दिन अगाडि मात्र आफु प्रतिनिधीसभा निर्वाचन नलडने घोषणा गरेकै दिन साहले भने आफु धनुषा ३ मा प्रतिनिधीसभाको प्रत्यासी हुने घोषणा गरेका छन् । विमलेन्द्र निधी र राजेन्द्र महतो जस्ता दिगज्ज भनिने मधेश पकड भएका नेता आज मधेश प्रदेशको राजधानी भएको यो क्षेत्र किन छोडन परयो ? उनले प्रश्न तेस्राएका छन् ।





