एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ३ : नेकपा धनुषाका नेताहरुले केहि नेताहरुका कारण आफनै पार्टी भित्र प्रतिपक्षीहरु उब्जिन थालेको बताएका छन् । धनुषाको मिथिला नगरपालिकाको पोखरीयामा नगरपालिकामा पार्टीवाट निवार्चित जनप्रतिनिधीहरुद्वारा आयोजित दशै दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेताहरुले पार्टी भित्रकै व्यक्तिहरु संसदमा समेत प्रतिपक्षी जस्तो व्यवहार गरिरहेको आरोप लगाए ।
कार्यक्रमका मुख्य केन्द्र विन्दु नेकपाका स्थाई कमिटि सदस्य रघुविर महासेठले अहिले पनि एमाले र माओवादीको खेल भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘सुन्दै छु पुर्व माओवादीको नाउँमा कांग्रेसी र जसपाका कार्यक्रताहरुलाई पनि धमाधम फारम भर्न लगाइदै छ ।’ उनले पार्टीका कार्यक्रताहरु नमान्ने देखेपछि त्यस्ता केहि नेताहरु पार्टी प्रवेशको नाममा यस्तो काम गर्नु दुःखद रहेको बताए ।
सुन्नोस कुन नेताले के भने
पार्टीमा अहिले अव्यवस्था रहेको मौका छोपेर पार्टी इन्चार्जलाई समेत जानकारी नदिई सदस्यता बाँडने काम भए पार्टीले स्वीकार नगर्ने चेतावनी दिएका छन् । नेता मातृका प्रसाद यादवको नाम नलिई पुर्व मन्त्री महासेठले भने, ‘पार्टी छाडेर पुनः फर्किएका साथीहरुलाई पार्टीमो ममता छैन, पार्टीका शिर्षनेताहरुको विरोध गर्ने, पार्टीलाई बदनाम गर्ने खालको अभिव्यक्ति शोभनिय छैन ।’

पार्टीका धनुषा अध्यक्ष राजकिशोर यादव, धनुषा इन्चार्ज श्रवण यादव बरबरिया, प्रदेश सांसद रामचन्द्र मण्डल तथा मिथिला नपाका मेयर समेत रहेका नेता हरिनारायण महतोले पनि सोहि मञ्चवाटै त्यस्ता व्यक्तिहरुको पहिचान पार्टीको केन्द्रले गर्नुपर्ने बताए । पार्टी सिद्वान्त, अनुशासन तथा सिष्टमवाट चल्ने भएकाले पार्टीलाई संस्थागत बनाउन तर्फ सवै लाग्नु पर्ने बताए । अनुशासन तोडेर भएको काम स्वीकार नहुने उनीहरुको चितावनी थियो । पार्टी अन्तरघुलनमा सहयोग गर्न समेत उनीहरुले सवैलाई आग्रह गरे ।
कार्यक्रममा पार्टीका नेृत तथा मिथिला नपाकी उपमेयरले समेत आफनो धारणा राखेकी थिइन । पार्टीका नेताहरु शिवशंकर साह हिरा, सुरेन्द्र भण्डारी, अजय यादव सहित मिथिला नपा, जिल्ला तथा प्रदेश स्तरका निताहरुको सहभागिता रहेको थियो ।


