एसपी रिपोर्टर
काठमाणडौं ,फागुन २१ :
वैदेशिक रोजगारी र नेपाली आप्रवासनसम्बन्धी समस्याहरू समाधान गर्न आज परराष्ट्र, गृह, र श्रम तथा रोजगार मन्त्रीबीच संयुक्त बैठक सम्पन्न भएको छ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी तथा सम्बन्धित मन्त्रालयका सचिवहरू सहभागी बैठकमा श्रम तथा आप्रवासन क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक नीतिगत सुधारबारे छलफल भएको थियो।मन्त्री डा. राणाले मध्यपूर्वी देशहरूमा घरेलु कामदारका रूपमा नेपाली महिला अवैध रूपमा पुगेको भन्दै यस्तो प्रतिबन्ध हटाउने विषयमा पुनर्विचार गर्नुपर्ने बताइन्।गृहमन्त्री लेखकले वैदेशिक रोजगार ऐन, २०६४ लाई संशोधन गर्ने आवश्यकता औंल्याए भने श्रममन्त्री भण्डारीले श्रम कूटनीति प्रभावकारी बनाउन र घरेलु कामदार सम्बन्धी नीति पुनरावलोकन गर्नुपर्ने धारणा राखे।

बैठकमा वैदेशिक रोजगारी, भिजिट भिसा अनुगमन, श्रम स्वीकृति सहज बनाउने तथा नेपाली आप्रवासीहरूको उद्धार प्रक्रिया व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो।