पुरन रौनियार
जनकपुरधाम, कात्तिक १३ :
बिहारमा पहिलो चरणमा ७१ सिटका लागि बुधवार भएको निर्वाचनमा ५५ प्रतिशत मात्र मत खसेपछि बिहारको चुनानी नतिजा रोचक हुने विश्लेषण गर्न थालिएको छ भने चुनावी रयालीहरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले चिराग पासवानको बारेमा कुनै पनि टिप्पनी नगर्नुलाई समेत रोचक तवरले हेरिदै छ । केन्द्रमा एनडीएको सहयोगी दल रहेको एलजेपीका नेता चिराग पासवान चुनावीसभाहरुमा एनडीएकै मुख्यमन्त्रीका उम्मेदवार नितिश कुमारको विरोध गर्नु र मोदी चिरागको बारेमा चुप्पी साधनुले नितिश सशंकित भएको बताइन्छ ।

पहिलो चरणको चुनावी सभाहरुमा महा गठबन्धनका मुख्यमन्त्री उम्मेदवार तेजस्वी यादवको सभाहरुमा आश्चर्यजनक भिडभाड लाग्नु पनि बिहार चुनावको एउटा रोचक र चर्चाको विषय बनिरहेको छ । ३२ वर्षिय तेजस्वी मुख्यमन्त्रीका उम्मेदवार हुन भने अर्का युवा चिराग पनि बिहारका लहलहाउदाँ अनुहार रहेकाले तेजस्वीको विकल्पमा चिरागलाई एनडिएले हेरिरहेको जानकाहरुको बुझाई छ । एनडिए पराजित भएको खण्डमा चिरागलाई नै तेजस्वीको विकल्पमा मैदानमा उतार्ने योजना भाजपाको छ ।

चिराग नितिशको विरोध गरिरहेका छन भने मोदीले गरेको तिनवटा कुनै पन िसभामा चिरागलाई सम्झाउने किशिमको बकतब्य नदिदा जदयुमा खैलाबैला मचेको छ । नितिश कुमार एकटै पार्टीको किला जोगाउन कम्मर कसेर लागेको बताइन्छ । राहुल गान्धीले बिहारमा मोदीको विरोध गरिरहँदा नितिश कुमार पनि अब चुप्पी साधेको देखिन्छ । यस्ले पनि बिहारको चुनावी नतिजा उलटफेर गर्ने किशिमको हुने देखिन्छ ।

अहिले सम्मको कुल छ रयाली मध्ये कुनैमा पनि मोदीले चिरागका बारेमा एक शब्द समेत नबोलेपछि नितिशलाई शंका लागेको बुझिएको छ ।