एसपी रिपोर्टर
काठमाणडौँ, साउन १० : थाईल्यान्ड र कम्बोडियाले युद्धविराम आह्वान गरेपनि दुई देशबीच आक्रमण नरोकिएको पाइएको छ ।
यी दुई देशबीच तनाव सुरु भएको शनिबार तेस्रो दिन हो । आत्मरक्षाका लागि आक्रमण गरेको दाबी गरिरहेका यी दुई देशबीच सीमा विवाद चर्किँदै गएको रोयटर्सले उल्लेख गरेको छ ।शनिबार थप नयाँ क्षेत्रमा समेत सैनिकहरुबीच झडप भएको छ । थाईल्यान्डको तटीय प्रान्त त्राट र कम्बोडियाको पुरसात प्रान्त पर्ने क्षेत्रमा पछिल्लो पटक झडप भएको हो ।शनिबार झडप भएको क्षेत्र पहिलेको भन्दा झन्डै १०० किलोमिटर टाढा रहेकाले यी दुई देशबीच सीमा विवाद चर्किँदै गएको देखिएको छ ।अलजजिराका अनुसार आक्रमणमा परेर हालसम्म दुवैतर्फ गरी ३२ जनाभन्दा बढीको मृत्यु भएको छ भने १३० जनाभन्दा बढी घाइते भएका छन् । एक लाख ३० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । दक्षिपूर्वी एशियाका छिमेकी देश थाइल्याण्ड र कम्बोडियाबीच जारी सीमा विवाद शृङ्खलामा यो पछिल्लो १३ यताकै चरम संघर्ष हो ।गत मे महिनाको अन्त्यतिर एक कम्बोडियन सैनिकको हत्या भएपछि सीमा विवादले चरम रुप लिएको देखिएको छ । उक्त घटनापछि दुवै पक्षले सीमामा सैनिक संख्या बढाएका थिए ।कम्बोडियासँगको सीमा विवाद र तनावकै कारण थाइल्याडमा कमजोर सत्ता गठबन्धन संकटमा परेको थियो ।शनिबारसम्म थाइल्याण्डतर्फ ७ सैनिक र १३ जना सर्वसाधारण मारिएका छन् भने कम्बोडियातर्फ ५ सैनिक र ८ सर्वसाधारणको मृत्यु भएको पुष्टि दुवै पक्षका अधिकारीहरुले पुष्टि गरेका छन् ।





