एसपी रिपोर्टर
काठमाडौं , २८ असार : अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डिया फ्लाइट १७१ विमान दुर्घटनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ।
१२ जुनमा भएको दुर्घटनामा २४१ यात्रुसहित २६० जनाको मृत्यु भएको थियो।रिपोर्ट अनुसार उडानपछि केही बेरमै दुवै इन्जिनको इन्धन आपूर्ति बन्द भएको थियो।ककपिट भित्रको आवाज रेकर्डमा एक पाइलटले अर्कालाई सोधेको सुनिन्छ, ‘किन बन्द गर्यौ?’ जवाफमा अर्को पाइलटले आफूले बन्द नगरेको भनेका छन्।इन्धन बन्द भएपछि इन्जिनले काम गर्न छोड्दा विमान खसेको प्रारम्भिक निष्कर्षमा उल्लेख गरिएको छ।घटनाको विषयमा अझै विस्तृत अनुसन्धान भइरहेको छ।





