एसपि रिपोर्टर
काठमाणडौँ , असार ९ : इजरालयमा छोटो समयको लागि अध्ययन गर्न पुगेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. प्रेनित पोखरेललाई सोमबार उद्धार गरिएको छ ।
इजरायल र इजिप्टस्थित नेपाली दूतावासको समन्वयमा डा. पोखरेललाई उद्धार गरी इजिप्ट ल्याइएको हो । उनलाई लिन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल इजरायल र इजिप्टको इलात–तावा नाकामा पुगेका थिए । यो नाका इजिप्टको राजधानी कायरोबाट करिब ४२० किमी टाढा छ ।उनलाई इजिप्टको सर्म अलि शेख सहरस्थित सर्म अलि शेख अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार काठमाडौं पठाइने भएको छ ।‘म बिहान ७:३० बजे तेलअभिभबाट बसबाट यात्रा गरेको हो । इजिप्टको बोर्डरमा आउन ५ घण्टा लाग्यो । बोर्डर पार गर्न एक घण्टा लाग्यो । मलाई इजिप्टको सीमा पार गर्न समस्या भएन । दूतावासको समन्वयले सहजै एक्जिट र प्रवेश पाइयो,’ डा. पोखरेलले भने,‘मलाई कुनै असहज भएन ।’उनले उद्धारको लागि भूमिका खेल्ने इजरायल र इजिप्टस्थित नेपाली दूतावासलाई धन्यवाद दिएका छन् ।इजिप्टका नेपाली राजदूत लम्सालले यो उद्धारबाट सिकाइ भएको बताए । ‘यो पहिलो उद्धार हो । यसले हामीलाई इजरायलबाट आउने नेपालीलाई उद्धारमा सहजीकरण गर्न सक्ने बाटो खुलेको छ,’ राजदूत लम्सालले भने,‘जो नेपाली उद्धार चाहनुहुन्छ, हामीलाई पूर्वजानकारी हुनुपर्छ ।’



