जनकपुरधाम, फागुन २९: धनुषाको जनकनन्दी गाउँपालिकाका दुई युवकमा कोरोना भाईरसको लक्षण भएको समाचार अफवाह सावित भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले धनुषामा कोरोना भाईरस पाइएको तथ्य अफवाह मात्र भएको दाबी गर्नुभएको छ ।
भारतीय मिडियाहरुमा नेपालको प्रदेश नं. २ धनुषाको जनकनन्दनी गाउँपालिकाका दुई युवकमा कोरोना भाईरसको लक्षण भएको समाचार प्रकाशित गरेपछि हल्ला मच्चिएको थियो । सिडिओ कनेलले दुई युवकमा भनिएको कोरोना भाईरसको लक्षण नेगेटिभ देखिएको बताउनुभयो । भारतको अस्पतालमा चेकजाँच गरेको तथा उनलाई कालाजार भएको अवस्था भनेपनि कोरोना भाईरसको लक्षण भएको भन्दै कुप्रचार गरिएको कणेलको दावी छ ।
भारतमा गरिएको चेकजाँचको रिपोर्टमा पनि कोरोना नभएको भनेर प्रष्ट लेखिएको छ । प्रादेशिक अस्पतालमा चेकजाँचपछि उनीहरुलाई घर फर्काइएको छ ।

कोरोना भाइरसवाट अहिले सम्मको क्षती अपटेड
कोरोनाभाइरस ‘कोभिड–१९’ क कारण विश्वभरिमा अहिले सम्म ४ हजार ७ सय १७ जनाको ज्यान गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोग तथा अन्तर्राष्ट्रिय तथ्यांकअनुसार बिहिवार सम्म ४ हजार ७ सय १७ मानविय क्षती भएको छ । पछिलो तथ्यांकअनुसार विश्वभरि कोरोना भाइरसवाट १ लाख २८ हजार ७७ जना संक्रमित छन् ।
चीन पछि कोरोनावाट सवै भन्दा बढि इटालीमा विहिवार सम्म संक्रमितको संख्या १२ हजार ४ सय ६२ पुगेको छ । त्यस्तै इरानमा संक्रमितको संख्या १० हजार ७५ रहेको छ । इटाली र इरान पछि सवै भन्दा बढी संक्रमित रहेको देश दक्षिण कोरिया रहेको छ । त्याहाँ ७ हजार ८ सय ६९ जना संक्रमित रहेको छ । फ्रान्समा २ हजार २ सय ८१, जर्मनीमा १ हजार ९ सय ६६ र स्पेनमा २ हजार २ सय ७७ जना भाइरसवाट संक्रमित पाइएको छ ।
अमेरिकामा १ हजार ३ सय ३७ जना संक्रमित छ । पछिल्लो तथ्यांक अनुसार चीनमा मात्र ३ हजार १ सय ७९ जनाको मृत्यु भएको छ । त्यसैगरि इटालीमा ८ सय २७, इरानमा ४ सय २९, दक्षिण कोरियामा ६६, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८ जनाको ज्यान गएको छ । अहिले सम्म ६८ हजार ३ सय ३७ जना उपचार पछि स्वस्थ बनेको खवर छ ।
गत डिसेम्बर महिनाको अन्तिममा चीनको हुबेई प्रान्तको वुहान शहरवाट फैलन सुरु भएको भाइरसको संक्रमण अहिले सम्म १ सय २५ वटा देशमा फैलि सकेको छ ।