एसपी रिपोर्टर
जनकपुरधाम, असोज २३ : जनकपुरधामको चर्चित रामस्वरुप रामसागर बहुमुखि क्याम्पस (राराब) क्याम्पसको मुल प्रवेशद्वारमा तालाबन्दी गरि आशिंक प्रध्यापक संघ राराब क्याम्पस एकाईले विरोध प्रदर्शन गरेको छ । करिव १४ वर्ष देखि पटक पटक तालाबन्दी, सहित आन्दोलन अन्तर्गत रिले अनसन हुदै आमरण अनसन सम्म गर्दा सरकारसंग भएको वार्ता र गरिएको लिखित र मौखिक प्रतिवद्वता कार्यान्वयन हुन नसकेको भन्दै उनीहरु पुनः आन्दोलित बनेका हुन ।
राराब क्याम्पस एकाई आशिंक प्रध्यापक संघ धनुषाका अध्यक्ष तथा नेपाल आशिंक प्रध्यापक संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका इन्द्रदेव यादवले २०७४ मसिंर ८ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देशभरिकै १४ सय २० दरबन्दी पारित गरेर तलव निकासाका लागि अर्थ मन्त्रालयद्वारा २४ करोड निकासा भएपनि सो निर्णय समेत कार्यान्वयन हुन नदिने षडयन्त्र भएको बताए ।
राराब क्याम्पसमा कार्यरत कुल ७३ जना आशिंक प्रध्यापकहरु क्याम्पसको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरि धर्ना दिएका छन् । आज देश व्यापी रुपमै सो विरोधका कार्यक्रम गरिएको संघका सल्लाहकार शभ्मु नारायण साहले बताए । उनीहरुले आफुहरु करार सहितका अन्य दरबन्दी भन्दा बढी काम गर्ने गरेको भएपनि तलव सुविधामा अन्यायपुर्ण भेदभाव भइरहेको भन्दै समान कामको समान ज्याला पाउनुपर्ने मांग गरिरहेका छन् । त्रि.वि.मा बौद्विक आर्थिक र मानसिक शोषण हुने गरेको उनीहरुको आरोप छ ।