FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

साढे छ महिना पछि बल्ल खुल्नै लागेको विद्यालयमा पनि विवाद, सवैको आ-आफनै तर्क र शंका

साढे छ महिना पछि बल्ल खुल्नै लागेको विद्यालयमा पनि विवाद, सवैको आ-आफनै तर्क र शंका

पुरन रौनियार
जनकपुरधाम, असोज २२ :
करिव साढे छ महिना पछि बल्ल खुलेको धनुषा र केन्द्र जनकपुरधामको विद्यालयहरु खुल्न नपाउदै पुनः विवाद उत्पन्न भएको छ । महामारी बढदै गर्दा दशैंको मुखमा धमाधम विद्यालय खोल्नुलाई अभिभावकले शुल्क उठाउने वाहाना, वार्ड अध्यक्षहरुले कमिसनको खेल बुझेका छन भने सिडिओ पनि असन्तुष्ट देखिएका छन् ।

करिव साढे छ महिना देखि बन्द रहेको विद्यालय महामारी र मृत्युदर बढदै जाँदा चाडपर्वकै मुखमा आएर धमाधम खोल्न थालिएपछि अभिभावक शंसकित छन् । खतरा बढदै गएकावेला विद्यालय खोल्नुलाई चाडपर्वको वेला पैसा असुल्ने योजनाका रुपमा बुझेका छन यहाँका अभिभावकहरु । अधिकांश अभिभावक अहिलेको अवस्थामा बच्चालाई विद्यालय पठाउन चाहिरहेका छैनन । तर विद्यालयवाट फोन गरेर वाँकी वक्यौता बुझाएर विद्यार्थी पठाउन आग्रह भइरहेको छ ।

अभिभावक मात्र होइन जनकपुरधाम उपमहानगरपालिकाको सो निर्णय वडा अध्यक्षहरुलाई नै पचेको छैन । प्यावसन, एनप्यावसनको तबाब र विद्यालयहरुको प्रलोभनमा परि उपमहानगरपालिकाकाको नेतृत्वले विद्यालय खोल्ने निर्णय गरेको २५ मध्ये आधा दर्जन वडा अध्यक्षहरुको आरोप छ ।

वडा अध्यक्षहरुले विद्यालयहरुसंग पैसा उठाएर सञ्चालनको निर्णय भएको आफुहरुसंग सोधपुछ नभएको भन्दै शंका गरिरहेका छन् । उपमहानगरपालिकाको निर्णय प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई पनि चित बुझेको छैन । यद्यपि मापदण्ड पुरा गरि विद्यालय सञ्चालनको जिम्मा स्थानिय सरकारलाई रहेकाले विद्यालय खोल्न पाउने भन्दै सिडिओ भट्टराईले मापदण्ड नअपनाइएको भए विद्यालयमा ताला हान्ने जिम्मा फेरी आफुहरुको रहेको चेतावनी दिन्छन् ।

सिडिओ भट्टराईको सोहि चेतावनीका कारण कतिपय विद्यालयहरु अझै विद्यालय खोल्न सकेका छैनन । एता उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेले अनुगमणको क्रममा सिडिओ साहेव संग समेत छलफल गरेर सो निर्णय भएको दावी गर्छिन। निजि विद्यालयका संगठनहरु शिक्षाको महत्व र प्रभावलाई बुझेर नै संघिय सरकारको मन्त्री स्तरीय निर्देशिका बमोजिम मापदण्ड अनुसार विद्यालय खोल्ने निर्णय भएकोमा शंका नगर्न आग्रह गरिरहेका छन् ।

प्यावसन धनुषाका अध्यक्ष डिएन पाण्डेले कुनै पनि कुरा काला चस्मा लगाएर हेरिए कालो नै देखिने भन्दै शिक्षाको महत्व र अनावयश्क घरमा रहेको बच्चामा पर्ने असरको बारेमा चिन्तनशिल हुन आग्रह गरेका छन् । कोरोनाको परिक्षण नै नहुने भएकाले डर र भयको त्रास कम रहेको यस क्षेत्रमा बल्ल खुलेको विद्यालयमा पनि विभिन्न कारण अवरोध उत्पन्न हुने वातावरण बन्दै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

14 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

15 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

21 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

1 day ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy