काठमाडौं : बुटवलको धागो कारखानामा बनाइएको कवारेन्टाइनमा मृत्यु भएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ।
सैनामैना वडा नम्बर ४ सिसौ डाँडाका ३७ वर्षीय ती व्यक्तिको आइतवार मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी सोमबार दिएका छन्।
गत चैत ६ गते युएईबाट नेपाल आएका उनलाई ज्वरो देखिएकाले १३ गते कवारेन्टाइनमा राखिएको थियो। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो देखिएकाले उनको स्वाब परीक्षणका लागि आइतबार काठमाडौं पठाइएको थियो।