एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ५ :
जसपाका नेता सांसद सरतसिंह भण्डारीले जसपा सरकारको नेतृत्व गर्न सक्षम रहेको बताएका छन् । आइतवार महोतरीको बल्वा नगरपालिकामा विभिन्न विकास निर्माणको शिलान्यास तथा समुदघाटन गर्ने क्रममा महोतरीवाट प्रतिनिधीसभा सांसद रहेको नेता भण्डारीले भने, ‘कांग्रेस, एमाले र माओवादीवाट केहि पनि नहुने बुझिसकेका जनता अव वैकल्पिक शक्तिको नेतृत्व चाहेको छ ।’

बल्वा नपाको वडा नं. ६ स्थित एक धर्मशालाको शिलान्यास गरेका पुर्व रक्षा मन्त्री समेत रहेका नेता भण्डारी सोहि वडा स्थित योग मनोहर बसन्त जनता क्याम्पसको समुदघाटन समेत गरेका छन् । दाता परिवार वसन्त कुमार माथेमाको जग्गा सहयोगमा सांसद भण्डारीको संसदिय विकास कोषवाट ५० लाखको लागतमा क्याम्पसको बाउन्ड्री वाल र ५८ लाखको लागतमा तिनकोठे पक्की भवनको निर्माण सम्पन्न भएपछि समुदघाटन गरिएको छ ।

कार्यक्रममा प्रदेश सांसद सुरिता साह, जयनुल राइन, बल्वाका नगर प्रमुख विनोद कुमार यादव, जसपाका युवा नेताहरु ज्ञानेन्द्र झा ज्ञानु, रामेश्वर मण्डल, अशोक कुमार यादव सहित जिल्ला, प्रदेश र केन्द्रिय जसपा नेताहरुको सक्रिय सहभागिता रहेको थियो ।