एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ : प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिवार धनुषाको सवैलामा मेका इन्जिनियरिङ्ग समाज सवैला नगरपालिकाको समुदघाटन तथा साधारणसभाको समेत समुदघाटन गर्ने बताइएको छ । मन्त्री सोनलले समय दिएपछि समाजमा आवद्व इन्जिनियर युवाहरु उत्साहित बनेका छन् ।
माननिय मन्त्री सोनलले समय दिएपछि हामी भब्य तयारी गरिरहेका छौं, कार्यक्रम संयोजक इन्जिनियर राकेश जयसवालले भने, ‘कार्यक्रमको शोभा बढाइदिन हुन सवैमा अनुरोध छ ।’ धनुषाको ग्रामिण बजार भनेर चिनिने सवैलाको इन्जिनियरहरुले पेशागत हित र समाज उत्थानका लागि स्थापना गरेको समाज सवैलाको पहिचान र साधारणसभा गर्न भब्य कार्यक्रम गर्न लागेको बताइएकोे छ ।


