एसपी रिपोर्टर
जनकपुरधाम, चैत १३ :
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुुुरले रेशम चौधरी सहित मधेश र थरुहट आन्दोलनको बेला थुनिएका नेता कार्यक्रताको रिहाई तथा झुठा मुद्दाहरु फिर्ता लिन प्रधानमन्त्री सकारात्मक भएको बताएका छन् ।

प्रदेश २ क उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रामनरेश रायले आयोजना गरेको होली मिलन समारोहमा सहभागि भएका अध्यक्ष ठाकुरले भने, ‘प्रधानमन्त्री संग पटक पटक छलफल हुने क्रममा पछिल्लो पटक उहाँ मधेश आन्दोलनका मुद्दाहरु सम्बोधन गर्न सकारात्मक हुनुभएको छ ।’

उनले रेशम चौधरी सहितका जनताबाट निवार्चित नेता कार्यक्रताहरु मधेश र थारुहरुको हकहितका लागि गरिएको आन्दोलनमा सरिक रहेको अवस्थामा नियोजित घटना गराई फँसाइएको र ति सम्पुर्ण घटना राजनितिक रहेकाले राज्यबाट सम्बोधन हुन सक्ने बताएपछि प्रधानमन्त्री सकारात्मक भएको बताए ।

त्यस अघि जनकपुरधामकै एक होटलमा जन सरोकार मञ्च धनुषाले आयोजना गरेको जन्मसिद्व नागरिकका सन्तानलाई नागरिकता दिनुपर्ने विषयक कार्यक्रममा बोलेका नेता ठाकुरले राज्य मधेशलाई विभेद गर्ने श्रृंखला निरन्तर जारी रहेको बताए ।