एसपी रिपोर्टर
जनकपुरधाम, चैत ७ :
१५ दिवसीय मिथिला मध्यमा परिक्रमा महोतरीको एतिहाँसिक तथा प्राचिन कञ्चनवन पुगे संगै मिथिलाञ्चलमा होली खेल्न शुरु भएको छ । कञ्चनवनमा भगवान राम र जानकीले होली खेलेको जनविश्वास रहिआएकाले परिक्रमामा सहभागि तिर्थालु र दर्शनालुहरु समेत कञ्चनवनमा आजै होली लेखेर मिथिलाञ्चलनमा विधिवत होली सुरु भएको दर्शाइन्छ ।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमाको १५ विभिन्न पराव(विश्रामस्थल)हरु मध्येको एक महत्वपुर्ण र पवित्र स्थल हो महोतरीको एतिहाँसिक तथा प्राचिन कञ्चनवन । आइतवार परिक्रमामा सहभागि विभिन्न मन्दिरका भगवान रामराजनकीको डोला सहितका तिर्थालुहरु कञ्चवनमा पुगेर होली खेले संगै मिथिलाञ्चलमा रंगअविरको पर्व होली विधिवत शुरु भएको मानिन्छ । त्रेता युगमा भगवान राम र सिता कञ्चनवनमै होली खेलेको जनविश्वास अनुसार यहाँ भब्य रुपमा रंग अविर सहित होली खेलिन्छ ।

साधुसन्तहरु संगसंगै तिर्थालु, दर्शनालुहरु समेत यहाँ विभिन्न होलीको गितागानमा रमाउदै रंग अविर खेल्छन् । सहभागीहरु रंग अविर किनेर भगवान रामजानकीलाई समेत चढाउछन् । नेपाल भारतका तिर्थालुहरु भगवान रामसीताले होलीको खेलेको पवित्र भुमि कञ्चनवनमा आएर आफुहरु होली खेल्ने शौभाग्य पाएको भन्दै खुसी व्यतm गरेका छन् ।

नेपाल भारतको गरि लाखौं तिर्थालु आइपुग्ने कञ्चनवनलाई पर्यटकीय गन्तब्यका रुपमा चर्चामा ल्याउन सरकारले पहलकदमी लिनु पर्ने स्थानिय तथा तिर्थालुको भनाई छ । कञ्चनवनमा आयोजित समारोहलाई सम्बोधन गरेका भंगहा नगरपालिकाका प्रमुख सञ्जिव साह सहित साधुसन्तहरुले लाखौं पर्यटक र तिर्थयात्री आउने यस्ता धार्मिक एतिहाँसिक धरोहरहरु अहिले सम्मका सरकारको प्राथमिकतामा पर्न नसक्नु दुःखद रहेको बताए ।

परिक्रमामा रामजानकीको डोलाको नेतृत्व कर्ता मध्येका एक सुन्दर सदन जनकपुरधामका महन्थ नवल किशोर शरणले पनि राज्यले मिथिला माध्यमिकी परिक्रमालाई अपनत्व ग्रहण गरि विकास र प्रचार प्रसार गर्नुपर्ने बताए । मिथिला विहारी र किशोरी जीको डोलाको अगुवाईमा कञ्चनवन पुगेको परिक्रमा अव आइतवार धनुषाको पर्वता त्यसपछि धनुषाधाम, सतोषर, औरही र पुनः भारतको विसौल तथा कलानेश्वर हुँदै जनकपुरधाम आएर जनकपुरधाम नगरको अन्तरगृह परिक्रमा गर्दै समापन हुने छ ।