एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ :
जनकपुरधाम सहित यस क्षेत्रको व्यापारीहरुको छाता संगठन जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचनमा गत निर्वाचनको तुलनामा एकैचोटी दोब्बर मततदाता थपिएका छन् । गत निर्वाचनमा २ हजार ५ सय ६४ जनाले मतदान गरेकोमा यस वर्ष करिव दोब्बर मतदान हुने भएको छ ।

यस वर्ष आज सम्म प्राप्त नविकरण तथा नयाँ दर्ताको कुनै फारम रद्द नभए ५ हजार ३ सय २८ मतदाता हुने भएको छ । निर्वाचन अधिकृत संतोष कुमार साहका अनुसार नविकरण तथा नयाँ फर्म दर्ता गरि आज सम्म तोकिएको समय सिमा सम्ममा कुल ५ हजार ३ सय २८ जना सदस्यले नयाँ दर्ता तथा नविकरणका लागि आवेदन बुझाएका छन् ।

निर्वाचन अधिकृत साहका अनुसार ५३ सय २८ मध्ये ३२ सय ६३ जनाको कागजात भेरिफाई गरि रसिद काटिसकिएको छ भने २० सय ६५ जनाको रसिद काटन वाँकी छ । फारममा कुनै कागजात अपुग वा त्रुटी नभए सवैको रसिद काटेर नविकरण तथा नयाँ दर्ताको प्रक्रिया टुङ्गिने उनले बताए । अर्थात वाँकी रहेको २ हजार ६५ फारममा केहि त्रुटी देखिए मात्र केहि सदस्य घटने नभए अव कुनै फर्म रद्द नभए यस वर्षको निर्वाचनमा ५ हजार ३ सय २८ जना सदस्यले मतदान गर्नेछन् ।

संघका वर्तमान महासचिव जितेन्द्र महासेठले गत निर्वाचनमा २ हजार ५ सय ६४ जनाले मतदान गरेको जानकारी गराए ।