एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ११ : सर्वोच्चको आदेशले उत्साहित नेकपाका नेता रामचन्द्र झाले प्रदेश २ का नयाँ प्रदेश प्रमुख डा. राजेश झा सहित तिनजना प्रति आक्रोस व्यक्त गरेका छन् । अदालतको आदेश पछि जनताको सहि आन्दोलन सावित भएको गत नेपाल बन्दको दिन धनुषाका डिएसपी मकेन्द्र मिश्र र ईन्सपेक्टर अशोक झा ताण्डव नाच नाचेको र नव प्रदेश प्रमुख पनि गलत समुहको प्रतिनिधी रहेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।
सुन्नोस नेता झाको भनाई
अदालतको आदेश पछि गत नेपाल बन्दका दिन स्वयम घाइते भएका शिवचौकमै आयोजित विजय उत्सवलाई सम्बोधन गर्दै पुर्व मन्त्री नेता झाले प्रदेश प्रमुख झा लाई दुई दिन भित्र जनकपुरधाम छाडन नभए लखेटेर भगाउने चेतावनी दिएका छन् । उनले भने, ‘आन्दोलनमा मकेन्द्र मिश्र र अशोक झाको नाँगो नाच देखियो र जितको अन्तिम समयमा राजेश अहिराजको ड्रामा पनि ।’
उनले यहाँ सम्म भने कि ‘दुई दिन भित्र राजेश अहिराज जनकपुरधाम छाडेर नगए कालोमोसो दलेर नगरमा घुमाउँछु । गत नेपाल बन्द सहित संविधान पक्षधर आन्दोलनमा अधिकांश प्रहरीको समर्थन देखिएपनि मिश्र र झा परिचालित रुपमा प्रस्तुत भएको भन्दै नेता झाले पटक पटक उनीहरुको नाम दोहराएका छन् ।
प्रदेश प्रमुख झा लाई त दुई दिन भित्र प्रदेश नछाडे लखेटने सम्मको चेतावनी उनको छ । नेता झाले डिएसपी मिश्र र इन्सपेक्टर झालाई यथासिघ्र कारवाही गर्न जिल्ला प्रशासन र जिल्ला प्रहरी संग मांग गर्दै सो नगरिए जनकपुरधाममा अनिष्ठ हुने चेतावनी समेत दिएका छन् ।





