एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० : प्रदेश २ का प्रमुखका रुपमा पत्रकार एवं मधेशवादमा विद्यावारिदीका गरेका डा. राजेश अहिराज (राजेश झा)को आगमणले प्रदेश २ मा राजनितिक शक्ति सन्तुलन तथा नवसमिकरण समेत छत्ताछुल्ल भएको छ । उनको आगमणमा प्रदेश सरकार असन्तुष्ट रहेको चर्चाका बिच प्रदेश २ को केन्द्र जनकपुरधाम आइपुगेका प्रमुख अहिराजलाई कर्मचारी तथा केपि ओली समुहले औपचारिक रुपमै स्वागत गरेका छन् ।

एता सिके राउत नेतृत्वको जनमत पार्टी नेपालको अहिराजलाई अनौपचारिक स्वागत तथा समर्थन रहेको छ । त्यसो त जनमत पार्टी नेपालका चिकित्सक संघका अगुवा नेता डा. विनय पजियार आफै सहभागि हुदै डा. अहिराजलाई स्वागत गरेको छ । प्रदेश सरकारको तर्फबाट आन्तिरक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा जनकपुरधाम विमानस्थलमा प्रमुख डा. अहिराजलाई स्वागत गरेको थियो भने मुख्यमन्त्री लालबाबु राउत राती फुल गुच्छा प्रदान गरे प्रदेश प्रमुख डा. अहिराजलाई स्वागत गरेका थिए । डा. अहिराजलाई जनकपुरधाम विमानस्थलमा एक सय एक किलोको मालाले स्वागत भएको विषय पनि राष्ट्रिय स्तरमा चर्चा पाएको छ ।

प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव भने अझै प्रदेश प्रमुखलाई हृदयले स्वागत तथा स्वीकार नगरेको देखिन्छ । उनले प्रदेश प्रमुखको काम र सहयोगमा आधारमा आफनो सहयोग र समर्थन रहने टिप्पनी गरेका छन् । प्रदेश प्रमुख डा. अहिराजको आगमनमा सहभागिता र सहयोगको भुमिकाका हिसावले प्रदेश प्रमुख डा. अहिराजलाई ओली समुह र जनमत पार्टीको स्पष्ट समर्थन छ भने कांग्रेस र जसपा मौन छ ।

अगामि निर्वाचनमा भाग लिने घोषणा गरेर आन्तिरक रुपमा प्रदेश प्रमुखलाई समर्थन गरेको जनमत पार्टी नेपाललाई तराई मधेशमा ओली समुहको ग्रिन सिग्नल रहने राजनितिक विश्लेषकहरु बताउछन् । ‘त्यस्तो त चुनाव सम्म धेरै राजनितिक समिकरण हुन सक्छ’ नाम उल्लेख नगर्ने सर्तमा एकजना जानकार भन्छन, ‘तर प्रदेश प्रमुख नियुक्ती र आगमणले ओली–जनमत पार्टीको समिकरण स्पष्ट गर्दछ ।’
आज पनि डा. अहिराज आफनो गृह जिल्ला रौतहट जाने क्रममा महोतरीको बर्दिवास र रौतहटको चन्द्रनिगाहपुर सहितका ठाँउहरुमा ओली समुहबाट न्यानो स्वागत पाएका छन् ।





