एसपी रिपोर्टर
काठमाण्डौं, फागुन ६ : नेपाली कांग्रेसले आउँदो सालको भदौ ७ देखि १० सम्म १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको नयाँ कार्यतालिका अनुमोदन गरेको हो ।
महामन्त्री पूर्णबहादुर खड्काले कार्यतालिका सम्बन्धी प्रस्ताव राखेका थिए । प्रस्तावमा केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० सम्म काठमाडौँमा गर्ने उल्लेख थियो । आजको बैठकले विधानको धारा निलम्बन गरेर केन्द्रीय कार्यसमितिको म्याद थप्ने निर्णय पनि गरेको छ ।
यही फागुन १९ गते केन्द्रीय कार्यसमितिको म्याद समाप्त हुँदै थियो । त्यसलाई बढाएर थप ६ महिना कार्यकाल लम्ब्याइएको हो ।





