एसपी रिपोर्टर
जनकपुरधाम, माघ २६ : धनुषाको शहिदनगरपालिकामा प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरिएको छ । देशव्यापी कार्यक्रम बमोजिम नगरपालिकाका प्रमुख उदय यादव बरबरियाको नेतृत्वमा मशाल जुलुश प्रदर्शन गर्नुका साथै प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो ।
https://www.facebook.com/messenger_media?thread_id=100001923590979&attachment_id=966739670399684&message_id=mid.%24cAAAAAMoChiZ9s6mr013gmRSAObJq
प्रधानमन्त्री ओलीले गैरसंवैधानिक रुपमा संसद विघटन गरेको र काम चलाउ सरकार रहेको अवस्थामा संवैधानिक निकायहरुमा नियुक्ती गरेको विरोधमा प्रचण्ड–नेपाल समुह अन्दोलनमा रहेको छ । सो समुहका युवा नेता मेयर बरबरियाले ओलीले घुडाँ नटेके सम्म आन्दोलन जारी रहने बताए ।





