एसपी रिपोर्टर
जनकपुरधाम, माघ २६ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले टीकापुर घटनाको दोषी रेशम चौधरी नभएको टिप्पनी गरेका छन् । धनगढीमा प्रेस संगठन नेपाल सुदूरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएपछि विभिन्न टिका टिप्पनी सुरु भएको छ ।
‘रेशम चौधरीलाई थुनिएको छ तर दोषी बाहिर छन’, मन्त्रीले भने, ‘हामीलाई शंका छ ।’ मन्त्री भट्टले नेपालमा ठूला–ठूला घटनाको प्रतिवेदन बाहिर नआउने भएकाले टीकापुर घटनाका दोषी पनि बाहिर रहेको जिकिर गरे । तर अदालतले टिकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ । उनी हाल जेल जीवन विताउन बाध्य रहेको उनको तर्क छ ।
ओली समुहका एक नेताका अनुसार जनतावाट पटक पटक निर्वाचित तथा कुनै विशेष घटनामा जेल जिवन बिताइरहेका जनतामा चर्चित नेताहरुको पनि केश स्टडी भइरहेको छ । समुहले आफना नेता कार्यक्रताहरुको सहयोगमा त्यस्ता नेताहरु, भएका घटना र उनी विरुद्वको मुद्दाको विषयमा बुझिरहेको स्रोतको दावी छ ।
घटना पछि मुद्दाको प्रक्रिया, कानुनी प्रक्रिया र त्यसमा राजनितिक नियत सहितको तथ्यहरु बुझन ओली समुहले केहि नेताहरुलाई जिम्मेवारी दिएको समेत बताइन्छ । त्यस नेताका अनुसार चुनावको तयारीकै रुपमा सो कामहरु भइरहेको बताए ।





