एसपी रिपोर्टर
काठमाण्डौं, माघ २३ :
नेकपा ओली समुहका नेता तथा नेपाल सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले जनयुद्वका वेला भएको मानविय र धन सम्पतीको क्षतीपुर्ती वर्तमान सरकारले तिर्ने बताएका छन् । जनयुद्वलाई लुटपाटको लडाईका रुपमा संकेत गर्दै पोखरेलले भने, ‘अव त्यस्ता गतिविधी अमान्य हुनेछ ।’

तत्कालिन जनयुद्वका शैन्य कमान्डर राम बहादुर थापा बादल गृहमन्त्रीका रुपमा समेत उपस्थिती रहेको मञ्चवाटै पोखरेलले जनयुद्व जनताको हितमा नभएको दावी गरेका छन् । जनयुद्व शब्दको उच्चारण नगरेपछि पोखरेलले पटक पटक मोओवादीको जनयुद्वलाई अशान्ति फैलाउने अराजकतन्त्रको संज्ञा दिएका छन् ।