एसपी रिपोर्टर
जनकपुरधाम, माघ २३ : जनता समाजवादी पार्टीका नेता पुर्व संघिय स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले आफु बारेमा भइरहेको चर्चा परिचर्चा बारे स्पष्टीकरण दिएका छन् । डा. यादव ओली समुहमा प्रवेश गर्ने तयारीमा रहेको हल्लामा कुनै पनि सत्यता नहरकोे बताउदै डा. यादवले आफु विरुद्व चरित्र हत्याको प्रयास भइरहेको बताएका छन् ।
उनले यि सवै कुरा फेसबुकमा लेखेका छन् । उनले स्टाटसमा लेखेका छन् :

‘मेरो बारेमा र हाम्रो पार्टी जसपा का नेताहरुको चरित्रहत्या गर्ने उदेश्यले लेखिएको समाचार ले मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो समाचार भ्रामकपुर्ण, निराधार,अनर्गल, कपोकल्पित र साथै यसमा कुनै पनि सत्यता नरहेको सम्पुर्ण नेता, कार्यकर्ता, शुभेक्छुकहरु समक्ष विनम्र निवेदनका साथ जानकारी गराउदछु । यो मधेश आन्दोलनका मुद्दाहरुलाई षडयन्त्रतहत कमजोर पार्न र कुनै अमुक व्यक्ती आफ्नो व्यक्तिगत अभिस्ट पूरा गर्न कपोकल्पित, र बदनाम गर्न हेतु पुर्ण षडयन्त्र तहत लेखिएकोले यसवेब पोर्टललाइ कानुनी कार्वाही अगाडि बढाउने पनि प्रतिबद्धता जाहेर गर्दछु । यस्ता वाहियात समाचार प्रती सजग र सतर्क रहन समेत अनुरोध गर्दछु । धन्यवाद । जय मातृभुमी । जय मधेस ।’
एसपी खवरसंग कुराकानी समेत गर्दै डा. यादवले भने, ‘प्रचण्ड, नेपाल र डा. बाबुराम भट्टराई मात्र होइन अव उपेन्द्र यादवलाई पनि एक्लाएर सवै शक्ति आफु मातहत सञ्चय गर्ने दाँउमा ओली र शासक सत्ता लागेको छ त्यसै षडयन्त्र अनुसार यस्ता हल्लाहरु फैलाइदै छ ।’ उनले हल्लाहरुको पक्षमा नलाग्न समेत सवैमा आग्रह गरेका छन् ।





