एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ :
जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न अगाडि चैत्र २८ गते निर्वाचन मिति तोकिएको छ । निर्वाचन समितिका अध्यक्ष संतोष कुमार साहले जारी गरेको विज्ञप्तीमा चैत २८ गते शनिवार निर्वाचनको मिति सर्वसम्मत तय भएको उल्लेख छ ।

साथै विज्ञप्तीमा जनाइए अनुसार निर्वाचन तोकिएको दिनको ४५ दिन अगाडि सम्म नयाँ सदस्यता तथा नविकरणको निर्कयौल गरिसक्नु पर्ने प्रावधान रहेकाले फागुन १३ गते भित्र नयाँ सदस्यता तथा नविकरण गरिसक्नु पर्ने उल्लेख छ । यसपालिको निर्वाचनमा अध्यक्ष पदमा पुनः वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, महासचिव जितेन्द्र महासेठ र पुर्व पदाधिकारी अनिरुद्व साहको नाम चर्चामा रहेको छ ।

साथै वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र भण्डारी, मनिष रमण साहको चर्चा छ भने सचिवमा फुलदेव पण्डित सहित विभिन्न पदमा उम्मेदवारी घोषणाको क्रम जारी छ ।